थपिएको म्याद सकियो, निर्माण सकिएन
दमौली (तनहुँ), २३ भदौ : जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो । देवघाट–५ मा विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि विसं २०८० …