तोलामा रु एक हजार दुई सयले घट्यो सुनको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

 

काठमाडौँ, २३ भदौः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ । ---

 (रासस)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।