यो साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।
हिजोको कारोबार दिन बुधबार २०.४१ अंक घटेर २६४५.३९ विन्दुमा बन्द भएको नेप्से परिसुसुचक , यस दिन प्रि ओपन सो सेसनमा ०.९० अंक बढेर २६४६.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ३८ स्टकको ८४ पटकको कारोबारमा ५७ लाख २२ हजार ३८९ रुपैयाँ ५० पैसाबराबरको ८ हजार ३५२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने स्थिर रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।