कांग्रेस सरकारको कामप्रति सन्तुष्ट छ देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको  कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।  ओली नेतृत्वको सरकारले सय दिनमा गरेको मुख्य कामबाट असन्तुष्टि हुनुपर्ने कुनै कारण नरहेको उनले बताएका छन् । 

सरकार ले  हनिमुन डेजमा  राम्रो काम गरेको छ उनले भने  विपद् व्यवस्थापन र राहतदेखि  उद्धारकार्य मा सरकारले कामै गरेन भनेर भ्रम फैल्याउन खोजिएको बताय। सरकार ले राहत तथा खोजी कार्यमा   सुरक्षाकर्मीहरू तैनाथ गरी व्यवस्थापन गरेको बताए । 

ओली नेत्रित्वो को वर्तमान सरकार पूरा कार्यकाल दुइ वर्ष नै जाने र एमाले—कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष पछि सरकारको नेतृत्व करिब डेढ वर्ष आफूले  गर्ने बताए ।

 आफ्नै पार्टीभित्र पनि साना तिना समस्या  भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरू आउनु नौलो नभई स्वाभाविक रहेको बताएका छन् ।   

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।