तनहुँ, १६ असोज : यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । व्यास–७ कलेस्तीस्थित विद्यालयले विपन्न र अभिभावकविहीन बालबालिकालाई उक्त सुविधा उपलब्ध गराएको हो । शिक्षाबाट बालबालिका वञ्चित हुन नपरोस भनी विद्यालय स्थापना गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो …