उच्च रक्तचाप भनेको के हो,

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

1140x725

magnus new

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ। 
अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्दछ। केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्दछ, जस्तैः मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबडी वा लामो समयसम्म स्टेरोइड जस्ता औषधिको सेवन हुन सक्छन्। कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार गर्न सकिने हुन सक्छन्। 

vardan ivf

ktm cancer

यस रोगका लक्षणहरू निम्न प्रकारका छन्ः 
अधिकांश बिरामीहरूमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ। यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारक (साइलेन्ट किलर) पनि भन्ने गरिन्छ। 
उच्च रक्तचाप भन्नाले सिस्टोलिक रक्तचाप १४० एमएमएचजी वा सोभन्दा माथि र डायस्टोलिक रक्तचाप ९० एमएमएचजी वा सोभन्दा माथि वा रक्तचाप कम गर्न औषधि सेवन गर्नुपर्ने अवस्था हो।  जब रक्तचाप धेरै बढेको हुन्छ, तब टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ। 

लामो समयदेखि उच्च रक्तचापको बिरामीमा रक्तचापका कारण विभिन्न जटिलताहरू जस्तै  मुटुरोग वा मिर्गौला  सम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ।  तपाईंको परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने प्रवल सम्भावना हुन्छ। यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धुम्रपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ। 

hams

उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधिहरू उपलब्ध छन्। त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकता अनुसार कुनै औषधि छनौट गर्न सक्नुहुनेछ। रक्तचापको दीर्घकालीन नकारात्मक असरहरूबाट बच्न यी औषधिहरू नियमित रूपमा सेवन गर्न जरुरी हुन्छ।

web training concern

तपाईंले उच्च रक्तचापको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ? 
आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् 
–सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने।
–खानामा नुनको प्रयोग कम गर्ने र फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने।
–नियमित शारीरिक व्यायाम गर्ने (हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कमसेकम ३० मिनेट पौडी खेल्ने)।

धुम्रपान नगर्ने तथा समयमै चिकित्सकसँग परामर्श लिनुहोस्। पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउनुपर्दछ। प्रायःजसो उच्च रक्तचाप बाहेक अन्य असामान्यताको पहिचान हुँदैन र यस्तो अवस्थालाई इसेन्टायल हाइपरटेन्सन भनिन्छ। 

नियमित रूपमा दिनहुँ औषधि सेवन गर्ने गर्नुपर्दछ। अन्यथा ती औषधिहरू लाभदायी हुने छैनन्। 
उच्च रक्तचापका बिरामीले आफ्नो रक्तचापको नियमित जाँच गराइराख्नु पर्दछ र साथै चिकित्सकको निर्देशन अनुसार समय–समयमा स्वास्थ्य जाँच गराउन जानु पर्दछ।

समय–समयमा स्वास्थ्य जाँच गराउनाले तपाईंको रक्तचाप कतिको घटेको वा बढेको छ भन्ने कुरा जान्न सकिन्छ र सोही अनुरूप चिकित्सकले औषधिको मात्रा समायोजन गर्नेछन्। चिकित्सकको सल्लाह बिना तपाईं औषधि सेवन गर्न नछोड्नुहोस्। यदि औषधिको कारण केही प्रतिकूल असर भएमा, यसबारेमा आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस्।

swasthekhabar.com bata savar

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।