साहित्यिक महोत्सवः ‘आयोजनापछि हेल्मेट लगाएर हिँड्नु पर्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

 

काठमाडौँ, २३ भदौः साहित्यिक महोत्सवको आयोजना गर्दा आर्थिक अभावका कारण झेल्नुपरेका पीडा र सास्तीका विषयमा आयोजककर्ताले आ–आफ्नो विचार आदानप्रदान गर्नुभएको छ । तेस्रो काठमाडौँ कलिङ साहित्य महोत्सव आयोजना गर्ने सन्दर्भमा ‘साहित्यिक महोत्सवको आवश्यकता र महत्व’ शीर्षकमा आज यहाँ भएको छलफल कार्यक्रममा सहभागीहरुले आर्थिक अभाव, व्यस्तता, दौडधुपलगायत कारणले सास्ती हुने गरेको बताउनुभयो ।

आयोजकहरुले महोत्सव गर्दाको दौडधुप र आर्थिक अभावका विषयमा अनुभव साट्नुभयो । इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थाङ्सुुहाङले साहित्यिक महोत्सव सञ्चालन गर्न आवश्यक रकम अभाव हुने गरेको बताउनुभयो । आर्थिक सहयोग सङ्कलन गर्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नुपर्छ ।

” जनकपुर साहित्यक महोत्सवका आयोजक अमितकुमार शाहले अहिलेसम्म पाँचाँै संस्करण सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले महोत्सवमा आर्थिक सहयोगका लागि सम्झौता हुने गरे पनि पछि सहयोग नपाएको अनुभव सुनाउनुभयो । शाहले भन्नुभयो, “महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ । पछि पैसा उठाउन समस्या हुने गरेको छ ।

सम्झौताअनुसार सहयोग पाउन सकिदैँन ।” साहित्यकार तथा लेखक शैलेन्द्र अधिकारीले साहित्यिक महोत्सवको मुख्य उद्देश्य पढ्ने संस्कृति विकास गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्य र नयाँ पुस्ताबीच ठूलो खाडल छ, यो खाडललाई साहित्यका माध्यमबाट पुर्नु महोत्सवको मुख्य उद्देश्य हुन्छ ।

” महोत्सवले विद्यार्थी सन्तुष्ट हुन नसकेको बताउँदै उहाँले नयाँ पुस्ताको भाषामा साहित्य बुझाउन आवश्यक रहेको बताउनुभयो । उक्त सत्रको सञ्चालन सञ्चारकर्मी राधिका अधिकारीले गर्नुभएको थियो । ---

(रासस)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।