हत्याको अभियोगमा खाँ पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

 

बागमती, १८ भदौः हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो ।

खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । –––

 (रासस)

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।