काठमाडौं,भदौ ३०- बागमती प्रदेश योग खेलकूद संघको संयोजनमा, काठमाण्डौं, ललितपुर, भक्तपुर योग खेलकूद संघको संयुक्त आयोजनामा र तारकेश्वर नगरपालिकाको विशेष सहयोगमा आयोजित दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हिजो (शनिवार) टुसाल मल्टी भेन्युमा सम्पन्न भएको छ ।
बिहान ७ बजेबाट प्रारम्भ भएको प्रतियोगितामा ३६२ खेलाडीहरूले आफ्नो योगासन योग खेल प्रस्तुत गरेका थिए ।प्रतियोगिता दुई मुख्य विधामा विभाजित गरिएको थियो जसमध्ये एकल प्रतिस्पर्धा र रिदमिक समूह प्रतिस्पर्धा।
एकल प्रतिस्पर्धामा २३२ खेलाडीहरूले व्यक्तिगत योगासन प्रस्तुत गरे भने संगीतमय रिदमिक समूह तर्फ १३० खेलाडीहरूले सामूहिक योगासन प्रस्तुत गरेका थिए ।
९ देखि ५० वर्षमाथिका विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरू बीचको यस प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका विजेताहरूको बिजय घोषणा कार्यक्रम पनि शनिबार नै गरिएको थियो ।
पुरुषहरूको व्यक्तिगत प्रतियोगितामा सुजल रामु, सत्यनारायण शाह, विराज पन्थी, ऋतिक श्रेष्ठ, सुदिप घिमिरे, लाल बहादुर ठाकुर र ध्रुव प्रसाद दाहालले क्रमशः प्रथम स्थान प्राप्त गरे भने,
महिलाहरूको व्यक्तिगत प्रतिस्पर्धामा एन्जिला चौलागाईं, लुनिभा खड्गी, कृतिका केसी, प्रज्ञा गौतम, करिश्मा घिमिरे, सरिता श्रेष्ठ र जीना श्रेष्ठ विजयी भएका छन्। जस्मध्ये बिराज पन्थी , सुदिप घिमिरे , करिस्मा घिमिरे प्रथम स्त्थान हासिल यबम सुदिप अधिकारी दोस्रो स्त्थान र तुल्सी महासेठ तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धी तथा कुसल प्रदर्शन गर्ने मनुसा कंडेल , पासाङ तामाङ , दिप्सन गौतम , पासाङ तामाङ चन्द्रागिरी नगर योग खेलकुद संघ बाट प्रतिनिधित्व गरेका खेलाडी हुन ।
सामूहिक प्रतियोगितामा क्यामेलिया सेकेण्डरी विद्यालय र शंकरपुर नगर योग खेलकुद संघ क्रमशः पुरुष र महिला श्रेणीमा पहिलो स्थानमा रहे। चन्द्रागिरी नगर योग खेलकुद संघ को प्रतिनिधित्व गर्दै करिब 9 जना खेलाडी ले भाग लिएका थिए । जस्मा चन्द्रागिरी नगर योग को तर्फ बाट अर्बिन्द आस्रम मन्दिर लाई खेलाडी तयारी को मुख्य जिम्मा दियेको थियो जस अनुसार नै खेलाडी ले उत्कृष्ट प्रदर्शन गरे । प्रतिस्पर्धाले खेलकुद र योग क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहित गर्दै आएको छ।“नेपाल योग खेलकुद संघले अन्तर्राष्ट्रिय स्तरमा योगको प्रचार–प्रसार गर्दै विभिन्न स्तरका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।
यस प्रतियोगिताले योगलाई खेलको रूपमा प्रस्तुत गर्दै सबै उमेर समूहका नागरिकहरूलाई सहभागी गराउने लक्ष्य राखेको छ। साथै यस कार्यक्रमको प्रत्यक्ष प्रसारण एस टेलिभिजन मार्फत गरिएको थियो।
पुरुष र महिला समूहतर्फ विभिन्न उमेर समूह र प्रतियोगितामा उत्कृष्ट भएका विजेताहरूको नामहरू तल दिइएको छ:।
| उमेर समूह | प्रथम | द्वितीय | तृतीय |
|---|---|---|---|
| ९ वर्षभन्दा कम | सुजल रामु | सौगात तामाङ | आदर्श महतो |
| ९ देखि ११ वर्ष | सत्यनारायण शाह | गोविन्द यादव | रोहन तामाङ |
| १२ देखि १४ वर्ष | विराज पन्थी | सन्दिप अधिकारी | दिप्सन पौडेल |
| १५ देखि १७ वर्ष | ऋतिक श्रेष्ठ | आशिष श्रेष्ठ | विवेक यादव |
| १८ देखि ३५ वर्ष | सुदिप घिमिरे | पत्युष महर्जन | जगदीश्वर कर्मचार्य |
| ३६ देखि ४९ वर्ष | लाल बहादुर ठाकुर | सिम बहादुर बुढाथोकी | नवराज ढुंगाना |
| ५० वर्ष माथि | ध्रुव प्रसाद दाहाल | एक बहादुर रेग्मी | श्याम अवाले |
| उमेर समूह | प्रथम | द्वितीय | तृतीय |
|---|---|---|---|
| ९ वर्ष मुनि | एन्जिला चौलागाईं | एनी तामाङ | आशिका सुवेदी |
| ९ देखि ११ वर्ष | लुनिभा खड्गी | संरचना पुरी | रिछिन लामा |
| १२ देखि १४ वर्ष | कृतिका केसी | सन्चिता बाटी | मेघा लामिछाने |
| १५ देखि १७ वर्ष | प्रज्ञा गौतम | रोश्मी फगामी | तुलसी महासेठ |
| १८ देखि ३५ वर्ष | करिश्मा घिमिरे | मञ्जु तोलांगे | सिर्जना राई |
| ३६ देखि ४९ वर्ष | सरिता श्रेष्ठ | मनोजमाया सिंघक | शोभा महर्जन |
| ५० वर्ष माथि | जीना श्रेष्ठ | सुस्मा गौतम पौडेल | रत्नमाया महर्जन |
| समूह | प्रथम | द्वितीय | तृतीय |
|---|---|---|---|
| पुरुष सामूहिक | क्यामेलिया सेकेण्डरी विद्यालय | अक्सिडेण्टल पब्लिक स्कुल | इन्टरनेशनल जोशेफ पब्लिक स्कुल |
| महिला सामूहिक | शंकरपुर नगर योग खेलकुद संघ | एशिया प्यासिफिक स्कुल | बालबाटिका स्कुल |



प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।