भारतमाआयुर्वेद चिकित्सा पढेर आएका १७ चिकित्सक अन्योलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आयुर्वेद चिकित्सातर्फ स्नातकोत्तर पढेका चिकित्सकहरु आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएपछि अन्योलमा परेका छन्।  hams

 स्वास्थ्यमन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय लगाएतलाई सहजिकरणको लागि आग्रहसमेत गरेका हुन्। उनीहरु भारत सरकारको आयुष छात्रवृत्ति कोटामा भारतमा आयुर्वेद पढ्न गएका हुन्। उनीहरुले आफूहरुले पाँच महिनाअघि नै दर्ताको लागि निवेदन दिएको भएपनि हालसम्म दर्ता प्रक्रिया अघि नबढेको भन्दै विभिन्न निकायमा निवेदन दिएका छन्।

web training concern
आयुर्वेद चिकित्सा परिषद्ले भारतमा पढ्नका लागि एनओसी नलिएको भन्दै दर्ता गर्न अस्विकार गरेको छ। तर विद्यार्थीहरु भने चिकित्सा शिक्षा आयोगले जारी गरेको इलिजीवीलिटी सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित हुनु अगावै प्रक्रिया पुरा गरेको तर कोभिडका कारण ढिला मात्रै पढ्न गएको बताएका छन्। 

चिकित्सा शिक्षा आयोगद्वारा जारी सूचनामा अन्य मुलुकमा चिकित्सा शिक्षा अध्ययनका लागि अनिवार्य एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र लिनुपर्ने नियम छ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।