‘नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा’
वीरगञ्ज (पर्सा), १६ भदौ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालभित्र नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आज वीरगञ्जस्थित मधेश प्रदेशको पुरानो र ठूलो नारायणी रङ्गशालाको स्थलगत अवलोकलन गर्दै मन्त्री चौधरीले दातृनिकायसँग समन्वय र आवश्यक बजेट व्यवस्थापन गरी रङ्गशाला निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो …